डुम्रे बेँसीसहर उदीयपुर सडकखण्ड दैनिक १२ घण्टा बन्द

लमजुङ | बैशाख ८, २०८०

डुम्रे बेँसीसहर उदीयपुर सडकखण्ड दैनिक १२ घण्टा बन्द तस्बिर फाइल

लमजुङ:    डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको  छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । 


डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “ सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ ।” सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण  हुने भएको छ । सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रूपमा रोक लगाइएको उहाँको भनाइ छ । 


यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रूपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरू यात्रा गर्न बाध्य हुँदै आएको थियो । उदीपुरमा पहिराले सडक भत्किएसँगै विसं २०७८ भदौदेखि नै यात्रुहरूले सास्ती भोक्दै आएका छन् । सोही पहिराका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो । 


त्यस्तै, यस सडक खण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोन्नति गरेको छ । सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको रु १० लाखमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्